२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘यो सरकारले चुनाव गराउँदैन’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव नगराउने दाबी गरेका छन्।

विभिन्न समयमा एमाले छाडेर गएकाहरूलाई भित्र्याउन सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क’ अभियानमा ओलीले यो सरकारको उद्देश्य चुनाव गराउन नभएको दाबी गरेका हुन्।

प्रमुख तीन दलका शीर्ष नेतासँग भेट्न अनिच्छा प्रकट गर्दै प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि दिएको अभिव्यक्तिको ओलीले आलोचना गरे।

‘चुनावको रट लगाउने यो सरकार राजनीतिक पार्टीका नेताको अनुहार हेर्न, देख्न, भेट्न कुरा गर्न मन छैन भन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीका सहयोगी भन्छन्-राजनीतिक दललाई चुनावमा भाग लिन दिने होइन। नेताहरूलाई त घरबाटै निस्कन दिने होइन। अर्कोथरि भन्छन्-पार्टीले नै जित्ने हो भने त चुनाव किन गराउने ? अनि यिनले चुनाव गराउँछन् भनेर हामीले पत्याइदिनुपर्ने ?’

जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले १४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको टिप्पणी गरेकी थिइन्।

यस्तो सरकारले चुनाव नै नगराउने दाबी गरेका ओलीले भने, ‘विभिन्न देशमा ६ महिनामा चुनाव गराउन भनेर अन्तरिम सरकार बनाएका हुन्छन्। हामी कहाँ पनि ६ महिनामै चुनाव गराउने भनिएको छ। तर, डेढ वर्षसम्म चुनाव नभएका थुप्रै देश छन्। कुनै देशमा त पाँच वर्षसम्म चुनाव गराएका छैनन्। यस्तो सरकारले चुनाव गराउने चाहना नै राखेको हुँदैन।’ २३ र २४ भदौको जेनजी आन्दोलनबाट अपदस्त भएका ओलीले वर्तमान सरकार असंवैधानिक भन्दै यस्तो सरकारलाई आफ्नो दलले मान्यता नदिने बताए। ‘यो सरकारसँग हामीले लड्नुपर्नेछ। किनभने यो सरकार असंवैधानिक छ। यस्तो सरकारलाई मान्यता दिने होइन, यसले गरेका असंवैधानिक क्रियाकलापहरू असफल बनाउने हो,’ उनले भने।