२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवाको भावना राज्यले समयमै नबुझिदिँदा यस समूहमा बेचैनी देखिएको छ’: प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छन् । 

युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उनको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उनले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले उनले भनिन्, “युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ । नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र ? युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ । होइन भने विचलन र विद्रोह जन्मिन्छ ।”

युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोर्‍याउने कर्तव्य राज्यकै हुने उनको भनाइ थियो । “युवालाई सही बाटोमा लगाउन सकिन्छ । खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ”, उनले थपिन्, “युवा मन्त्री एकदमै तेजिलो हुनुहुन्छ । समाज सेवामा पनि काम गर्नुभएको छ । युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ ।”

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा एक करोड २४ लाख जनसङ्ख्या छ, जुन कुल जनसङ्ख्याको ३० प्रतिशत हो ।

“जनसङ्ख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन् । यसमा देशभरिका युवा आएर जोडिन सकुन् । यसैकारण हामीले बलियो मन्त्री पठाएका छौँ । यो ‘फाइटिङ एज’ पनि हो । नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ । यो भावनाका साथ अगाडि बढ्नुपर्छ”, उनले भनिन् ।