२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्‍याउने सहमति जनाएको छ ।

उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो ।

महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ ।

सम्झौताका अनुसार स्विट्जरल्यान्ड तथा लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्, जस मध्यमध्ये ६७ अर्ब डलर २०२६ भित्र लगानी गरिने छ ।

यो लगानी फार्मास्युटिकल, मेसिनरी, मेडिकल डिभाइस, निर्माण, उन्नत उत्पादन, सुन उत्पादन तथा ऊर्जा पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा गरिने छ, जसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने ह्वाइट हाउसले जनाएको छ ।

देशहरूले यो व्यापार सम्झौताको अन्तिम रूप सन् २०२६ को सुरुतिर सम्पन्न गर्ने लक्ष्य राखेका छन् । १५ प्रतिशत शुल्क दर लागू भएपछि स्विस आयातलाई ‘युरोपियन यूनियनले पाएको जस्तै समान व्यवहार’ मिल्ने ह्वाइट हाउसले जारी गरेको तथ्य पत्रकमा उल्लेख छ ।

स्विट्जरल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा ३९ प्रतिशत शुल्क लगाएको निर्णयपछि ठूलो प्रभावमा परेको थियो । यो दर उक्त वर्षको अप्रिलमा उनले धम्की दिएको ३१ प्रतिशतभन्दा पनि उच्च थियो ।

स्विस भन्सार डेटा अनुसार, संयुक्त राज्य अमेरिका सन् २०२१ देखि स्विट्जरल्यान्डको सबैभन्दा ठूलो निर्यात बजार रहँदै आएको छ, जसले २०२४ मा स्विस कुल निर्यातको १८.६ प्रतिशत हिस्सा समेटेको थियो ।

गत वर्ष रसायन तथा औषधि, घडी उद्योग जस्ता स्विसका प्रमुख उद्योगका लागि अमेरिका सबैभन्दा ठूलो बजार थियो ।