२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस चुनावको पक्षमा देखिएपछि पुनर्स्थापनाको मागमा एक्लियो एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

भृकुटीमण्डपमा सभा गर्दै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म एमालेको सभा जारी रहने बताएका हुन् । ‘यो अन्तिम होइन, सुरुवात हो । यो कुनै भोट माग्नलाई चुनावी सभा गरिएको होइन’ ओलीले भने, ‘देश बचाउन, लोकतन्त्र बचाउन, संविधान बचाउन, जनताको अधिकार बचाउन गरिएको सभा हो ।’

प्रतिनिधि सभा पुनर्स्थापना गराएरै छाड्ने समेत ओलीले दाबी गरे । ‘आगामी दिनमा अझ व्यापक, अझ सशक्त सभा गर्दै जानेछौँ, जबसम्म प्रतिनिधिसभाको पुनर्स्थापना हुँदैन’ ओलीले भने, ‘माग राख्नलाई राखिएको माग होइन, यो । पूरा गराउन राखिएको माग हो ।’

एमाले अगुवा राजनीतिक शक्ति भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा नेतृत्व गर्ने बताए । उनले अरू राजनीतिक दलहरूलाई पनि पुनर्स्थापनाको पक्षमा उभिन पटक पटक आग्रह गरे ।

‘एमाले यसको अग्रभागमा छ । सबै पोलिटीकल पार्टीहरूलाई पनि पोलिटकल पार्टीको औचित्य साबित हुने गरी प्रस्तुत हुन पनि आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘संसद पुनर्स्थापना गरौँ, जेनजीका मागलाई पनि सम्बोधन गरौँ, लोकतन्त्र पुनर्स्थापना गरौँ, संविधानलाई बाटोमा हिडाऔं ।’

ओलीले सार्वजनिक सभा गरेर पुनर्स्थापनाको पक्षमा उभिन आग्रह गरिरहँदा नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकले भने चुनावमा जाने निर्णय गरेको छ । एक महिना लामो केन्द्रीय कार्य समिति बैठकलाई टुङ्ग्याउँदै काँग्रेसले चुनावमा जाने निर्णय गरेको हो ।

जेन जेड आन्दोलनका क्रममा ढलेको आफ्नो सत्तालाई पनि काँग्रेसकै समर्थन रहेकाले पुनर्स्थापनाको एजेण्डामा ओलीले साथ मागिरहेका थिए ।

विघटित प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूको हस्ताक्षर समेत संकलन गरेका थिए । एमाले सांसदहरूको हस्ताक्षर संकलनलाई साथ दिने उद्देश्यले नै घिमिरेले अभियान चलाए पनि काँग्रेसले चुनावमा जाने निर्णय गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीसहित दलहरू यसअघि नै चुनावमा जाने निर्णयमा पुगिसकेका छन् । अर्थात् चुनाव नभएर प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्ने पक्षमा एमाले अब एक्लिएको छ ।

तर अध्यक्ष ओलीले भने भावनामा बगेर चुनावमा जाने निर्णय नगर्न दलहरूसँग आग्रह गरेका छन् । ‘भावनामा नबग्नुस् । ‘ दलहरूले एक छिनका लागि भ्रम पाल्नु हुँदैन,’ ओलीको आग्रह छ ।

दलहरूले पूर्वाग्रह त्याग्नुपर्ने पनि ओलीको आग्रह छ । ‘सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु– कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह, संकीर्णता, प्रतिशोध छोडौँ,’ उनले भने ।

ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको जन्ती नबन्न पनि आग्रह गरे । ‘असंवैधानिक सरकारको पछि–पछि जन्ती जस्तो भएर, जन्तीले पाउने के हो रु त्यही गएर एक छाक भात खाएर फर्कने होला कि खाजा खाएर फर्किने हो,’ ओलीले भनेका छन् ।

नागरिक समाज, सञ्चार क्षेत्र लगायतसँग पनि ओलीले गुहार मागेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पनि उनले चौबर सक्रिय हुन निर्देशन दिएका छन् ।

‘नेकपा एमालेका नेता कार्यकर्ता साथीहरूलाई म आग्रह गर्न चाहन्छु– पहिले कहिल्यैभन्दा असहज अप्ठ्यारो अवस्थामा देश छ, यस्तो अवस्थामा नेकपा एमाले जस्तो जनताको पार्टी, देशभक्त पार्टी डबल होइन चौबर सक्रियताका साथ सही विचार लिएर जनताको बीचमा जानुस् ।’