२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा पनि त्रिभुवन विश्वविद्यालय को पठनपाठन सुरु हुने

अ+ अ-

काठमाडौँ। पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ ।

बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताए ।

‘यस पटकको नीति तथा कार्यक्रममा पोखरालाई प्रादेशिक च्याप्टरको रूपमा एउटा टियू च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुन सक्छ । अर्को हप्तामा हामी स्थलगत निरीक्षणमा गएर त्यहाँ कतिवटा क्याम्पसहरू रहेका छन् रु कतिलाई ओगट्न सकिन्छ ? त्यो क्षेत्रमा विद्यार्थीले पाउने सुविधा काठमाडौँ आउन नपर्ने गरी कति भौतिक पूर्वाधार चाहिन्छ ?,’ उनले भने ।

उनले सञ्चारकर्मीहरूमाझ त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पारे ।

त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताए ।

‘एउटा आधार बनाएर एकदमै चाँडो हुने गरी भइरहेको बिल्डिङले नभएर अर्को बिल्डिङ बनाएर भए पनि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष स्वयम हामीसँग जाँदै हुनुहुन्छ,’ उनले भने, ‘एउटा च्याप्टर हामी टुंग्याउँ छौँ । त्यो एक्सरसाइजलाई अन्य प्रदेशहरूमा पनि सात वटै प्रदेशमा विस्तार गर्दै लैजान्छौँ ।’

सो विश्वविद्यालयको नीति तथा कार्यक्रममा जीर्ण रहेका भौतिक पूर्वाधार निर्माणमा जोड दिने, विश्वविद्यालयको अनुसन्धान विभागहरूलाई प्रभावकारी रूपमा अघि बढाउने पनि उल्लेख गरिएको छ ।

उपकुलपति प्रा. डा. अर्यालले विश्वविद्यालयले अनुसन्धानको कामलाई पनि विशेष ढंगले अघि बढाउने योजना तय गरेको बताएका छन् ।