२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् पुनर्स्थापना र राजनीतिक निकासमा एमाले र युवा संघका नेताहरूको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जागरण अभियानमार्फत एमालेका नेता तथा राष्ट्रिय युवा संघका पदाधिकारीहरूले संसद् पुनर्स्थापना पार्टीको पहिलो एजेन्डा रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना भएको कार्यक्रममा सबैजसो वक्ताहरूले संसद् पुनर्स्थापना र राजनीतिक निकासमा जोड दिए । अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको भन्दै सरकारलाई त्यसमा नरुमलिन उनीहरूले सुझाव दिएका थिए।

एमाले केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनः स्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । तर, संसद् पुनः स्थापनाको फैसला गरेमा ज्यान मार्नेसम्मका धम्कीहरू दिन थालिएको उनको भनाइ थियो । उपमहासचिव गुरुङले मुलुकका तीन वटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संकटमा रहेको बताए ।

उनले संविधान पुनः स्थापना गरेर जेन जेडसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर उनीहरूले उठाएका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका माग सम्बोधन गर्न सकिने बताए । राष्ट्रिय युवा संघले गरिरहेको कार्यक्रममा देशभर जेन जेड युवाको नाममा अवरोध सिर्जना गर्न खोजिएको पनि उनको भनाई थियो ।

जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेका विचार र सिद्धान्तहरूलाई अहिलेका विरोधहरूले कुनै फरक नपर्ने बताएका थिए । उनले पनि संसद् पुनर्स्थापना मार्फत नै देशले निकास पाउनु पर्नेमा जोड दिए ।

२४ गतेको घटना घटाउन २३ गतेको घटना घटाइएको र २५ गते फेरि सरसफाइको गर्ने नाममा प्रमाण मेटाउने काम भएको उनको आरोप थियो । उनले अहिले निर्वाचन हुन नसक्ने भन्दै संसद् पुनर्स्थापना हुनुपर्ने बताए ।

त्यस्तै पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन जेड अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्नुपर्नेमा जोड दिए । जेन जेड समूहलाई अराजक बनाएको भन्दै उनीहरूलाई पक्राउ गर्नु पर्ने उनको भनाइ थियो ।

सरकारले उनीहरू माथि छानबिन नगरे युवाहरू हनुमान ढोका लगेर छानबिन गर्ने बताएका थिए । उनले पनि संसद् पुनर्स्थापनामा जोड दिएका थिए ।

११ औँ महाधिवेशनबाट फेरी पनि केपी शर्मा ओली अध्यक्ष हुने भन्दै बस्नेतले ईश्वर पोख्रेललाई वरिष्ठ उपाध्यक्षमा बस्न र ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले एमालेको लोकप्रियताका कारण देशी विदेशी शक्तिहरू एमाले विरुद्ध खनिएको बताएका थिए । उनले प्रहरीको मनोबल बढ्न नसकेको, जेलबाट निस्किएकाहरू अझै सम्पर्कमा नरहेको र हतियार तथा गोलीहरू पनि बरामद नभएको भन्दै अहिले निर्वाचनको सम्भावना नरहेको बताए । उनले संसद् पुनर्स्थापना गरेर निकास निक्लने बताए ।

केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघका इन्चार्ज राजीव पहारीले जेन जेड आन्दोलनको नाममा अराजकता मच्चाएकाहरू माथि कारबाही हुनुपर्ने बताएका थिए ।

संगठनका उपाध्यक्ष महराज गुरुङले राष्ट्रिय जागरण अभियानले देश भरी पार्टी र संगठनको पक्षमा माहौल बढिरहेको दाबी गरेका थिए । अध्यक्ष क्षितिज थेबेले देश भ्रष्ट र घुसियाहरुको अखडा भएको बताए ।चुनावको नाकका सुशीला कार्कीले नाटक गरिरहेको उनको भनाइ थियो ।

प्रदेश संयोजक बम शाही अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोहित कुवर र हेमराज जोशीले युवाहरूको लोकप्रिय पार्टी एमाले र सङ्गठन राष्ट्रिय युवा संघ नै रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन प्रकाश खड्काले गरेका थिए ।