२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ काँग्रेस महाधिवेशनको कार्यतालिका

अ+ अ-

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्ततः सहमति जुटाउँदै नेपाली काँग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काँग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।

पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४औँ महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।

त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।

काँग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नै पर्ने दबाब काँग्रेसमा थियो ।

तर, विशेषमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै कार्यवाहक सभापति खड्कालगायतले सहमतिको निरन्तर प्रयास गरिरहेका थिए । उपचार सकेर सिंगापुरबाट फर्किएपछि सभापति देउवाले नै असन्तुष्ट नेताहरूलाई बोलाएर पटक पटक छलफल गरी पुस अन्तिममा नियमित महाधिवेशनका लागि मनाएका हुन् ।