२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको नौ अर्ब ६३ करोड लगानी

अ+ अ-

काठमाडौँ । मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु. नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् । 

 नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । हिमाली जिल्ला मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१ दशमलव ११ मेगावाट बिजुली उत्पादन गरिनेछ ।

 आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

 नारखोला जलविद्युत् आयोजनाको ग्रसहेड ५८८ दशमलव ८२ मिटर रहनेछ भने आयोजनाबाट वार्षिक ३६६ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन  हुनेछ । आयोजनाले वार्षिक रु. दुई अर्ब १० करोड बराबरको बाँधका संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह  नासो गाउँपालिकामा निर्माण हुनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित धारा पानीमा निर्माणाधीन सवस्टेसनमा जोडिने छ ।

 आयोजनाको कूल लागत रु. १२ अर्ब ८४ करोड रहेकामा बैंकले रु. नौ अर्ब ६३ करोड लगानी गर्नेछन् । यस्तै, लगानीकर्ताले स्वपुँजीका रूपमा रु. तीन अर्ब २१ करोड लगानी गर्नेछन् । स्वपुँजीमा सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

 आयोजनाले पहुँच मार्ग निर्माण सुरु गरिसकेकाले आगामी तीन महिनाभित्र मुख्य संरचना निर्माण सुरु गरी तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।