२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेव गौतमले भने : ‘१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् ।

बुधबार सिंहदरवारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानुनी प्रावधान जरुरी रहेको उनले बताए ।

नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरूले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्ने बताए ।

‘हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन् । उनीहरूले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरूको श्रम शक्ति ठुलो संख्याको श्रम शक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरूलाई रोजगारी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठुलो अवसर हो,’ उनले भने ।

उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।