काठमाडौँ । रुखबाट लडेर गम्भीर घाइते बझाङकी बेलमति देवी उपाध्यायको आर्थिक अभावले उपचारमा समस्या भएको छ ।
यही मंसिर १२ गते बझाङ जिल्लाको थलारा गाउँपालिका–७ अदुकाली निवासी उपाध्याय रुखबाट लडेर गम्भीर घाइते भएपछि धनगढी स्थित निसर्ग हस्पिटल उपचारार्थ छिन् ।
आर्थिक अभावको कारणले अहिले उनको उपचारमा समस्या देखिएको छ ।
आइसियु भेन्टिलेटरमा उपचार भइरहेको र अझै होस खुल्न नसकेको उनका देवर शिवराज उपाध्यायले बताए । उपाध्यायले सामाजिक संजालमार्फत सहयोगको अपिल समेत गरेका छन् ।
गम्भीर घाइते बेलमतिको संवेदनशील विभिन्न अंग सहित शरीरको विभिन्न भागहरूमा चोट लागेको र ठुलो अप्रेसन गर्नुपर्ने भएकोले आर्थिक अभाव भएको बताए ।
उनले भने, ‘उपचारमा ठुलो धनराशी को आवश्यकता पर्ने भएकाले तत्काल मेरो पारिवारिक स्रोतले मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण दाजुभाइ दिदीबहिनी इष्टमित्र शुभचिन्तक तथा चिरपरिचित महानुभावहरू स्वेच्छिक रूपमा आर्थिक सहयोग गरी दिनुहुन अनुरोध गर्दछु ।’
त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गरिदिन निसर्ग अस्पतालले समेत अपिल गरेको छ ।
गम्भीर घाइते उपाध्यायको उपचारमा सहयोग गर्न इच्छुक सहयोगीदाताले उनका देवर शिवराजको कुमारी बैंकमा रहेको खाता नम्बर १८४०१०१०६४१००००१ मा सहयोग पठाउन सकिने छ । सार्थ उनलाई ९७६५३२५४८४ मा सम्पर्क गर्न सकिने छ ।







