२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले बदला लिन खोजेको भन्दै विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनमा आगजनी गर्न उक्साउनेदेखि सुशीला कार्की नेतृत्वको अन्तरिम गठनमा निर्णायक भूमिका खेलेकी रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले सरकारको नियतमाथि नै प्रश्न उठाउँदै लामो वक्तव्य दिएकी छन् ।

हाल रास्वपा त्यागेकी पूर्व मन्त्री श्रेष्ठले प्रहरीले जेन जेड आन्दोलनमा संलग्नहरुमाथि बदलाको भावनाले कारवाही अघि बढाएको आरोप समेत लगाएकी छन् ।

प्रहरीले भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड,लुटपाट तथा आगजनीमा संलग्न र हतियार लुट्नेहरुको खोजी गरेर मुद्दा चलाइरहेकोमा सुमनाले आपत्ति जनाएकी हुन् ।

प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा जेन जेड आन्दोलनको स्टेकहोल्डरका रुपमा सहभागी सुमना पछिल्लो समय सरकारसँग असन्तुष्ट बनेको उनको वक्तव्यले संकेत गरेको छ ।

वक्तव्यमा उनले भनेकी छन्– हामीमध्ये कतिलाई लाग्ला भाद्र २३को बर्बर दमनको कारणले सरकार ढलेको हो तर भ्रम नहरोस्, भाद्र २४को विध्वंश पछि हेलिकप्टरमा भाग्न परेपछि मात्र ओली महाशयले पद छोडेका हुन् । आफ्नै ज्यानमाथि खतरा नहुदो हो त अस्तिको राजावादी आन्दोलन र अलि अघिको मधेश आन्दोलनमा जस्तै पेलेरै लाने नियत स्पष्ट थियो । भाद्र २४मा जनताको आक्रोश मात्र थियो त ? पक्कै अन्य स्वार्थ समूहको घुसपैठ पनि थियो, यस्ता तत्वहरू सधै कुनै मौकाको खोजीमा हुन्छन् । राज्यले त्यस्तो मौका दिनु नै हुन्थेन, स्वार्थ समूहलाई बलिलो बन्न नै दिनु हुन्थेन, आमजनताको हितको काम गरेको भए त्यस्ता समूहहरू बलिया हुदा पनि हुदैनथिए ।

कसैलाई स्टाटस लेखेकै भरमा, कसैलाई कतै केही बोलेको भिडियोको भरमा भने कसैलाई ढुङ्गा बोकेको फोटोको भरमा नागरिकलाई प्रकाउ गर्ने मुद्दा चलाउने क्रम देखिन थालेको छ । यी मध्ये “माथि“को संरक्षण भएकाहरूले त सजिलै उन्मुक्ति पाउने नै छन् । आम जनताले भने मुद्दा किनारा नलागे सम्म हैरानी भोग्ने बाहेक अरु उपाय हुने छैन ।

हो, राज्यका निकायमाथि वर्दी लगाएकाहरूमाथि पनि हमला भएको हो । तर त्यसको पृष्ठभूमि पनि बुझौ न । दशकौदेखिको कुशासन, भर्खरै कलिला युवकहरूको टाउको र छातिमा ताकेर गोली प्रहार भएको देखेको अनि त्यसमाथि नेताहरूको असामयिक भड्काउ अभिव्यक्ति । घटनाको नैतिक जिम्मेवारी लिन पर्नेहरूलाई केही नगरी, शक्तिहिन नागरिकलाई अहिल्यै खोजी खोजी बदला ल्न्छिु भन्न सुहाउछ ?