काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार भृकुटीमण्डपमा उनले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा ईश्वर पोखरेल रहेका छन् भने समर्थकमा गोकर्ण विष्ट रहेका छन् । पुस १ गते मतदान हुँदै छ ।







