काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै सदस्यमा काठमाडौँका प्रा. डा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गरिएको उनले बताएका छन्।







