२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यान मार्ने उद्योगको मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाउने दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ। ज्यान मार्ने उद्योगमा पक्राउ परेकाको मुद्दा मिलाइदिन्छु भन्दै रकम ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी-प्रशासनसँग पहुँच भएको झुटो दाबी गरी ठगी तथा आपराधिक लाभ गरेको आरोपमा कपिलवस्तुको बुद्धभूमि-१० बिजगौलीका अयोध्यालाल श्रीवास्तव र ‘भगत’ भनिने मोहन रैदासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंसिर १२ गते राति कपिलवस्तु-३ विशम्भरपुरमा झैझगडा भई कुटपिट तथा ज्यान मार्ने उद्योगमा प्रलाहद केवटसमेत तीन जनामाथि मुद्दा दर्ता भएको थियो । 

सोही मुद्दामा प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा उनीहरूलाई छुटाइदिने र मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठगी भएको प्रहरीकहाँ उजुरी परेको हो ।

पक्राउ परेकाहरूले प्रहरी, प्रशासन तथा ठुला व्यक्तिहरूसँग राम्रो चिनजान रहेको दाबी गर्दै मुद्दा दर्ता नै हुन नदिने, मिलाइदिने भन्दै प्रलाहदकी श्रीमती मिना केवटसँग नगद १० हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीको भनाइ छ ।

मिनाले २७ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध ठगी, आपराधिक र आपराधिक लाभ (एक्सटर्सन) कसूरमा २८ गते कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुद्दा मिलाइदिने, पहुँच भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने र यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।