काठमाडौँ । मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवा प्रहरीलाई हटाइएको छ ।
प्रदेश प्रहरी कार्यालयले घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि उनीहरूको भूमिकामा हेरफेर गर्ने गरी हटाएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी (एसएसपी) कमल थापाका अनुसार घुमुवाका नाममा असुली गर्नेदेखि धाक धम्की दिनेको गरेको गुनासो आएपछि उनीहरूलाई हटाइएको छ ।
प्रहरी संगठन भित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको एसएसपी थापाले बताए । उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।







