२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव सुनिश्चित नभए संसद् पुनर्स्थापना गर्नुपर्नेमा काँग्रेस प्रवक्ता महतको जोड

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अन्तरिम सरकारले निर्वाचनबाट नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्बोधन गर्दै उनले निर्वाचन गरेर सरकारले संसद् ल्याउने अवस्था नभए प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्थिति यही हो ।’

सरकारले २१ फागुनमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उनले काँग्रेस चुनावमा सहभागी हुन तयार रहेको जिकिर गरे ।

‘जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसदमा प्रकट हुन्छ,’ महतले भने, ‘त्यो संसद्ले आवश्यक सुधारका कुरादेखि संवैधानिक सुधारका कुराहरू र अरू कुराहरू अगाडि बढाउँछ ।’

२१ फागुनमा चुनाव नभए संसद् पुनर्स्थापनाको बाटोमा जाने उनको भनाइ थियो ।

‘अब होइन भनेदेखि संसद् पुनर्स्थापनाको बाटोमा जान्छ । संसद्ले सरकार बनाउँछ,’ प्रवक्ता महतले भने, ‘त्यसले फेरि चाँडै गर्छ । इलेक्सन ०८४ सम्म बस्नु पर्दैन । २०८३ निर्वाचन हुन्छ ।’

प्रवक्ता महतले संवैधानिक व्यवस्थामा शून्यता लामो समयसम्म राख्नु भनेको खतरनाक कुरा भएको जिकिर पनि गरे ।

उनले बंगलादेशको पछिल्लो अवस्थाको उदाहरण दिँदै नेपाललाई पनि त्यही बाटोमा जान दिन नहुने बताए ।

‘त्यहाँ एकदम अन्यौलता छ । उग्रवादको पराकाष्टा भइरहेको छ । निर्वाचन झन् अनिश्चितता तर्फ गइराखेको छ,’ उनले भने, ‘हाम्रो देशलाई पनि त्यही बाटोमा राख्नु भएन ।’