२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय च्याउ दिवस: नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

अ+ अ-

काठमाडौँ । च्याउको महत्त्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवर्द्धन समेतमा टेवा पुर्‍याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदै छ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।

नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रूपमा रहेको छ । मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।

विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन प्रवर्द्धन भई आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको आधार तय हुँदै गएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु. ६ लाख ७१ हजार बराबरको दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात भएको थियो । त्यस्तै रु. एक करोड एक लाख बराबरको १७ हजार १९८ किलो च्याउ निर्यात भएको मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी, पछिल्लो समय सुकाएको च्याउसमेत निर्यात हुन थालेको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको छ ।

हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसान रहेका छन् । मुलुकभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु. २० अर्बको हाराहारी रहेको च्याउ उत्पादन किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । उनका अनुसार नेपालमा सर्वप्रथम गोब्रे च्याउको उत्पादन र अनुसन्धानपश्चात् २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि देशका विभिन्न स्थानका किसानलाई च्याउ खेती प्रविधिसम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालदेखि नै काठमाडौँको बलम्बु, चापागाउँ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर च्याउ खेती गरिँदै आइएको छ ।

च्याउ उत्पादन प्रवर्द्धन एवं व्यवसायीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । हाल च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवर्द्धन एवं नीतिगत सहजीकरणमार्फत मूल्य शृङ्खला विकासका लागि कृषि विभागअन्तर्गत व्यावसायिक कीट विकास केन्द्रबाट कार्यक्रम सञ्चालन हुँदै आएका र अनुसन्धान एवं गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट कार्यक्रम सम्पादन हुँदै आएको छ ।

दिवसका अवसरमा कृषिमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादक, उद्यमी, उपभोक्ता एवं सरोकारवालामा शुभकामना व्यक्त गर्दै दिवसले च्याउ मूल्य शृङ्खलामा आबद्ध उद्योगी, किसान, अनुसन्धानकर्ता र व्यवसायीबीच सहकार्य तथा साझेदारी बढाई दीर्घकालीन व्यावसायिक सम्बन्धलाई बलियो बनाइने बताए । उनले च्याउको पोषण र आर्थिक महत्वबारे सचेतना अभिवृद्धि गर्ने, किसानलाई नयाँ प्रविधि र बजारका अवसरमा जोड्ने तथा आगामी दिनमा नीतिगत मार्गदर्शन गर्ने अपेक्षा गरेको उल्लेख गरे ।

मन्त्री डा. परियारले दिवसलाई महोत्सवका रूपमा मनाउँदै गर्दा आगामी दिनमा यस क्षेत्रको थप प्रवर्द्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवर्द्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागिसमेत आह्वान गरेका छन् ।