१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज ८ यताको वर्षाजन्य विपद्‌मा २७ जनाको मृत्यु, क्षतिग्रस्त १४७ मध्ये १२५ सडक सञ्चालनमा

अ अ+ अ-

काठमाडौँ । असोज ८ गतेयता परेको वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनामा २७ जनाको मृत्यु भएको छ। सात जना घाइते र चार जना सम्पर्कविहीन छन्। यस अवधिका ५१३ घटनाबाट एक हजार ६५ परिवार प्रभावित भएका छन्।

सरकारका अनुसार २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ। २७ गोठ र ११४ पशुचौपायामा पनि क्षति भएको छ। प्रभावित नागरिकको सुरक्षित बसोबास र क्षतिग्रस्त पूर्वाधार मर्मतमा सम्बन्धित निकाय परिचालन गरिएको सरकारले जनाएको छ।

बाढीपहिरोले देशभरका राजमार्ग र सडकका १४७ स्थानमा क्षति पुर्‍याएकोमा १२५ स्थान मर्मतपछि सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्गका पहिरो पन्छाएर तथा नारायणगढ-मुग्लिन सडकको सिमलताल नजिक भासिएको भाग मर्मत गरेर एकतर्फी यातायात चलाइएको छ। 

बिपी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउने काम जारी छ। थप क्षति नभए मंगलबार साँझसम्म सञ्चालनमा ल्याउने सरकारको अपेक्षा छ।

कालीगण्डकी करिडोरका बेनी-जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डमा पहिरो तथा सडक र पुलको पहुँचमार्गमा क्षति पुगेको छ। पूरै सडक खुल्न तीन दिनभन्दा बढी लाग्ने प्रारम्भिक आकलन छ। बेँसीसहर-चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ। भालुवाङ-चकचके-लिवाङ सडकमा भने पहिरो पन्छाएर यातायात खुलाइएको छ।

वर्षाका कारण विभिन्न विद्युत् कोरिडोरमा गरी एक हजार १३ दशमलव दुई मेगावाट बराबरको आपूर्ति अवरुद्ध भएको सरकारको विवरण छ। सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाटका विद्युत् केन्द्र सञ्चालनमा आएका छन्। 

१४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास जारी छ। दूरसञ्चारतर्फ सेवा विच्छेद भएका नेपाल टेलिकमका एक हजार १३२ टावरमध्ये ७८२ र एनसेलका १६२ मध्ये १०५ नेटवर्क पुनः सञ्चालनमा ल्याइएको छ।

नारायणी, सप्तकोशी र तिनाउ नदीको बाढीबाट डुबानमा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारिएको सरकारले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मौसमजन्य जोखिम अझै कायम रहेकाले सतर्क रहन आग्रह गरेका छन्।

0 Comments