काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।
यस अवधिमा निरन्तर प्रयासबाट कृषि र आम किसानसँग प्रत्यक्ष वा परोक्ष जोडिएका कृषि तथा पशुपन्छीजन्य उत्पादन प्रवर्द्धन र बजारीकरण, प्रविधि प्रसारण र अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधार तथा कार्य सम्पादन भएको मन्त्री परियारले बताएका छन् ।
देशका विभिन्न स्थानमा किसानको खेतबारीमै पुगेर भेटघाट तथा छलफल मार्फत किसानका समस्या बुझी कतिपय समस्या तत्काल समाधान गरिएको पनि उनले उल्लेख गरेका छन् ।







