काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
आइतबार (आज) बसेको एमाले जिल्ला कमिटी दार्चुलाको बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता ठगुन्नाको एकल नाम सिफारिस गरेको हो । एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले यसबारे जानकारी दिए ।
२०७० सालको दोस्रो संविधान सभा तथा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित नेता ठगुन्ना २०७९ सालमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूसँग झिनो मतान्तरले पराजित भएका थिए ।







