२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : ‘निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन, रवि-बालेन एकताले डराएका छैनौँ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् । 

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरू नडराएको पनि दाबी गरे । ‘हामी रवि-बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन ।’

उनले आफूहरू कसैसँग नडराएको दोहोर्‍याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाझ जाने पनि बताए ।

उनले पार्टी कामको सिलसिलामा भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको पनि बताए ।

उनले भने, ‘हाम्रो पार्टी एकता भइसकेपछि सबै प्रदेशहरूमा एकता सन्देश सभा राखेको तपाईंहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भई नै हाल्छन् । हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन ।’