२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. प्रकाश शरण महतले भने : ‘महामन्त्रीहरूले काँग्रेसलाई कमजोर बनाउने काम गर्नुभयो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् ।

पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गते गर्ने निर्णय गरिसकेको बताउँदै महामन्त्रीहरूले उक्त निर्णय नमानी विशेष महाधिवेशन भन्दै आह्वान गर्नु गलत भएको बताएका हुन् ।

‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने हो । महामन्त्रीहरू त झन् जिम्मेवार हुन्छन् । वैशाख २८ गते महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ । महामन्त्रीहरूले निर्णय मान्नु भएन,’ उनले भने, ‘आम निर्वाचनको मुखमा एक भएर जानुपर्छ । विवाद गर्ने समय यो होइन । नियमित महाधिवेशन पुसमा गर्न सक्छौँ भन्ने उहाँहरू नै हो । हामीले यो समयमा हुँदैन त्यति बेला पनि भनेकै हो ।’

महाधिवेशन गराउने जिम्मेवारी धेरै महामन्त्रीको भएको भन्दै उनले थपे, ‘महाधिवेशन किन हुन सकेन भन्ने त उहाँहरूलाई थाहै छ । महाधिवेशनको प्रक्रिया अघि बढिसक्यो । मात्रै तालिका संशोधन भएको त हो । अधिवेशनको कार्यतालिका अघि बढिसकेको अवस्थामा विशेष(विशेष भनेर हुँदैन । यो देशमा काँग्रेस नै हो जिम्मेवार पार्टी हो । गम्भीर समय छ । यो झन् काँग्रेसलाई कमजोर गर्ने मुभ भयो । किन गरिरहनु भएको छ थाह छैन ।’

चुनावलगत्तै महाधिवेशन गर्ने र अहिले सबै मिलेर चुनावको तयारी गर्नुपर्ने समय भएको महतले बताए ।

‘अहिले सबै मिलेर चुनावमा जाने र त्यसका लागि टिकट वितरण गर्ने समय हो । टिकट कसैले थोपर्ने त होइन । अहिले कसैलाई टिकट दियो भन्दैमा ह्वारह्वारर्ती भोट आउने पनि होइन,’ उनले भने, ‘पार्टीकै नेताको खिलापमा सामाजिक सञ्जालमा लगातार गालीगलौज गरिएको छ । आम निर्वाचनको मुखमा यस्तो गर्दा राम्रो हुन्छ ? मानौँ कि यिनीहरू सबैभन्दा ठुलो खलनायक हुन् भनेजसरी हामीमाथि गालीगलौज गरिएको छ ।’