काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई परिपत्र जारी गरेको थियो । सोहीअनुसार बोहरा कञ्चनपुर २ बाट एकल सिफारिसमा परेका हुन् ।
‘कञ्चनपुर क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नु भएकोमा आभारी छु,’ बोहराले आफ्नो सिफारिस भएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘पार्टी पङ्क्तिको यो विश्वास धर्मराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्याग र उच्च सम्मान गर्नेछु र उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु ।’







