२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा ७५ घरको मौलिक स्वरूप रूपान्तरण गरिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया थालेको छ ।

कामपा–८ मा पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर रु नौ करोड चार लाख ८९ हजार ३७७ सम्झौता गरी काम अघि बढाइएको छ ।

यस योजना अन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतो ढोकासम्मको २९० मिटर सडक दायाँबायाँका घरहरूको सडकतर्फको मोहडालाई रूपान्तरण गरेर मल्लकालीन वा राणाकालीन स्वरूप प्रदान गरिने कामपाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिए ।

स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तुशैलीलाई परम्परागत मानिएको छ । यसमा मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् ।

वडा नं ८ का अध्यक्षसमेत रहनुभएका सङ्गतले भन्नुभयो, “मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग राखिनेछ । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुँट्टेदार परम्परागत झ्यालहरू राखिनेछन् ।”

यस क्षेत्रमा सडकसँग करिब २५० घर जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घर अगाडिको भागको स्वरूप परिवर्तन गर्न लागिएको सङ्गतले जानकारी दिनुभयो ।

यी घरहरुसँग यही सडक खण्डभित्र सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डबली फल्चा, मूर्तिसहितको गम्ती महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचना छन् । कुमारी द्य: दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, ब्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदुर्गा फल्चा, नवदुर्गा डबली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत स्थानीय जनजीवन, आस्था र श्रद्धासँग जोडिएका मूर्त सम्पदा छन् ।

यो लिच्छविकालीन सहर हो । यही प्राचीनतालाई कायम राखेर मौलिकस्वरुप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य हो । यस क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको य:पुखु (मनपर्ने पोखरी) पुन:निर्माण गर्दैछ ।

कामपा क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।