२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने : ‘काँग्रेसमा कोही बा छैन, बोल्न छाड्दैनौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् ।उनले काँग्रेसमा नबोल भनेर कसैले भन्दै गर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ ।

‘काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दै गर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौँ,’ थापाले भने ।

साथै, उनले थप भने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईँहरूको प्रयासले काँग्रेसलाई ज्यूँदो राखेको छ ।’

उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए ।

‘नेपालका लाखौँलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन् । को सँग व्यक्त गरेको ? सरकारसँग । अनि सरकारमा को थियो ? हामी थियौँ,’ उनले भने, ‘संसद्मा को थियो ? हामीसँग । व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो । भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो ।’

उनले थप भनेका छन्, ‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीको राजदेखि रिसाएको हो । रिसाएकै हो । चित्त दुखाएकै हो नि । हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो । विशेष अधिवेशन त्यसको एउटा प्रयास हो ।’