काठमाडौँ । नेपाल प्रहरीले अवैध रूपमा कल बाइपास गर्ने सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पार्नेमा ३३ वर्षीय लेउ फान, ३ वर्षीया काउ झिकुन, ४१ वर्षीय लेउ चियान्वे, ४१ वर्षीय तु स्वाङसङ, ३८ वर्षीय फ्वाङ खाङ, ४९ वर्षीय छाइ चिसिङ र ४२ वर्षीय चाङ हाउ रहेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीओआइपीमा प्रयोग गरिने उपकरणसहित उनीहरूलाई काठमाडौँको ज्याठाबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार एक होटेलमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
हाल उनीहरूलाई नियन्त्रणमा लिएर दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







