२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : ‘आधारभूमि र सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व पुगेको बताएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका ‘प्रचण्ड’ले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ । म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,’ उनले भने ।

रुकुम ओर्लिएलगत्तै ‘प्रचण्ड’ले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई स्मरण गरे । उनले शान्ति प्रक्रियाको महत्वपूर्ण निर्णय भएको सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी गरेका छन् ।

​रुकुमपूर्व पुगेलगत्तै ‘प्रचण्ड’ चुनावी तयारीमा जुटेका छन् । उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक छलफल र परामर्श तीव्र पारेका छन् ।

३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वमा २०७९ मा माओवादीकै उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला माओवादी काँग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘प्रचण्डले नेकपा माओवादीको राजनीतिक आधारभूमि मानिने रुकुम पूर्व रोजेका हुन् ।

२०६४ र २०७० को संविधानसभासहित प्रत्येक आम निर्वाचनमा उम्मेदवार बन्दै आएका प्रचण्डले निर्वाचन क्षेत्र भने फरक फरक रोज्ने गरेका छन् ।

यसअघि २०७९ मा भएको आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका ‘प्रचण्ड’ यसपटक रुकुमपूर्व आएका हुन् ।