काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। यो सयमा नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ६७ वटा स्क्रिप्सको २० हजार ९१ कित्ता सेयर करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ । ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







