२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट आईपीओ आवेदन र लाइभ मार्केट अपडेट सुविधा

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत आईपीओ आवेदन भर्ने सुविधा सुरु गरेको छ। बैंकका अनुसार अब एप प्रयोगकर्ताले आईपीओ सम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया यही एपबाट सहज रूपमा पूरा गर्न सक्नेछन्।

एपको आईपीओ म्यानेजमेन्ट सेक्सनमा गई डिम्याट नम्बर प्रविष्ट गरेपछि ग्राहकले सिआरएन नम्बर प्राप्त गर्नेछन्। त्यसपछि सम्बन्धित कम्पनीको आईपीओ खुला भएको समयमा एपमार्फतै आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। साथै, आईपीओ खुला हुने सूचना पनि एपबाटै प्राप्त हुने व्यवस्था छ।

बैंकका अनुसार यस सुविधाले आईपीओ आवेदनका लागि अन्य माध्यम प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै समयको बचत र सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

एपमा लाइभ मार्केट सुविधा
ग्लोबल स्मार्ट प्लस एपमा लाइभ मार्केट सुविधा पनि समावेश गरिएको छ। यसमार्फत ग्राहकहरूले दोस्रो बजारमा हुने सेयर कारोबारसम्बन्धी जानकारी रियल टाइममा प्राप्त गर्न सक्नेछन्।

लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर सूची लगायतका सूचनाहरू समेटिएका छन्। यसले लगानीकर्तालाई बजारको अवस्था बुझ्न र व्यक्तिगत लगानीको मूल्यांकन गर्न सहयोग पुर्‍याउने बैंकको भनाइ छ।

ग्राहकले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी सेयरको मूल्य तथा नाफा–घाटा रियल टाइममा ट्र्याक गर्न सक्नेछन्। क्यालकुलेटर सुविधाले सेयर खरिद वा बिक्रीसम्बन्धी निर्णयमा आवश्यक हिसाब–किताब गर्न सहयोग गर्ने जनाइएको छ।

त्यस्तै, वाचलिस्ट सुविधाबाट रोजाइका सेयरको सूची तयार गरी मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सकिनेछ भने स्टक कम्प्यारिजन सुविधाले सेयरको मूल्य प्रवृत्ति तथा अन्य सूचकका आधारमा तुलनात्मक विश्लेषण गर्न मद्दत गर्नेछ।

बैंकले यी सुविधामार्फत ग्राहकलाई सुरक्षित, सहज र डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। बैंकका अनुसार ‘ग्लोबल स्मार्ट प्लस’ एपले डिजिटल वित्तीय सेवामा नयाँ आयाम थप्दै वित्तीय समावेशीकरणको प्रक्रियालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक-फरक विधामा सम्मानित भइसकेको छ। बैंकले ‘बैंक अफ द इयर’, ‘बेष्ट बैंक नेपाल’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’, ‘बेष्ट बैंक ईएसजी नेपाल’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको ग्लोबल आइएमई बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुक तथा भारतलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ।