२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी अभियोग दर्ता गराएको छ। आयोगका अनुसार उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा पेस गरिएको हो।

आयोगका अनुसार पौडेल उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको ठहर गरिएको छ। सो प्रकरणमा पौडेलबाट मात्रै १२ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बिगो असुल उपर गर्न माग गरिएको छ।

यसअघि पनि करिब दुई वर्षअघि पौडेलमाथि आयोगले अर्को मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी अदालतबाट सफाइ पाएका थिए। त्यसपछि गत भदौ महिनामा उनी नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए। हाल नयाँ मुद्दा दर्ता भएसँगै प्रचलित कानुनी व्यवस्थाअनुसार उनी पदबाट निलम्बित भएका छन्।

उक्त मुद्दामा पौडेलसँगै उदयपुर सिमेन्ट उद्योगसँग सम्बन्धित नवलकिशोर साहलगायत अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको विशेष अदालतले जनाएको छ।