२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको कटाक्ष : ‘रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन्। 

शुक्रबार ललितपुरमा आयोजित काँग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने जिकिर गरे। प्रधानमन्त्री हुनका लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गरे। 

‘अनि रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्ने गरी सल्लाह गरेका छौँ भन्छ। करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको  प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुपर्‍यो,’ शर्माले भने। 

उनले भदौ २३ र २४ को जेन जेड आन्दोलनपछि काँग्रेसबाहेक कुनै पनि दलले सुदृढ भएर जनतामाझ जान नसकेको बताए। एमालेले जेन जेड आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे। 

उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरू अहिले पनि जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए। काँग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन गरेको उनको दाबी थियो।