२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा जनमत अभिव्यक्त गर्ने प्रमुख माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै निर्धारित मितिमा हुने मतदानलाई सफल बनाउन नागरिक तथा सम्बन्धित निकाय एकजुट हुनुपर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले सुशासन स्थापना भएमा मात्र समृद्धि सम्भव हुने र आर्थिक तथा सामाजिक प्रगतिको आधारमा मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने धारणा व्यक्त गरेका छन्। उनले यही लक्ष्य हासिल गर्न लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तय गरिएको छ। उक्त निर्वाचनलाई व्यवस्थित र सफल बनाउन सबै पक्षको समन्वय र प्रतिबद्धता आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ छ।