२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरमा शान्तिपूर्ण वातावरण बनाउन पाँच बुँदे सहमति

अ+ अ-

काठमाडौँ । रौतहटको सदरमुकाम क्षेत्र गौर आसपास दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण र दीर्घकालीन सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार बिहान स्थानीय प्रशासनको नेतृत्वमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। 

बैठकले शान्तिपूर्ण वातावरण सुदृढ बनाउन विभिन्न सहमति बुँदासहित सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उत्पन्न परिस्थितिप्रति सरोकारवाला पक्षले चिन्ता व्यक्त गर्दै सार्वजनिक रूपमा संयमता अपनाउन आग्रह गर्ने, समस्या समाधानका लागि स्थानीय तहका प्रतिनिधि तथा अगुवाहरूसँग समन्वय बढाउने र सुरक्षा निकायसँग सहकार्य गर्ने विषयमा सहमति जुटाइएको हो। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न पनि बैठकले जोड दिएको छ।

बैठकबाट तय भएका प्रमुख निर्णयहरू निम्नानुसार छन् :
‘सम्बन्धित क्षेत्रमा उत्पन्न विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम राख्न सबै पक्षले संयुक्त अपिल गर्ने तथा कर्फ्यु लागू अवस्थाबीच सौहार्दपूर्ण वातावरण निर्माणमा सहयोग गर्ने।

‘विवाद समाधानमा सहयोग पुग्ने दुवै पक्षका स्थानीय अगुवा तथा सम्मानित व्यक्तिहरूसँग जिल्ला सुरक्षा समितिले निरन्तर संवाद र आवश्यक बैठकमार्फत पहल गर्ने।

‘बाह्य घटनालाई स्थानीय सन्दर्भसँग जोडेर सामाजिक सञ्जालमा भ्रामक प्रचार हुन नदिन सुरक्षा निकायलाई सहयोग गर्ने तथा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने।

‘सद्भाव बिगार्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी जारी राख्ने, पक्राउ परेकाहरूको अनुसन्धान निष्कर्षका आधारमा ‘कानुनी कारबाही गर्ने र थप संलग्नता देखिएमा अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्ने।

-जिल्लामा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा निर्धारित समयमा सद्भाव र्‍याली आयोजना गर्ने।

प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै समुदायलाई संयमित व्यवहार गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।