२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरमा लगाइएको कर्फ्यू हट्यो

अ+ अ-

काठमाडौँ। रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ। 

गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गत शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९०(क)बमोजिम लागू गरिएको उक्त कर्फ्यू अन्तर्गत मानिसहरूको आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको थियो।

कर्फ्यूको दायरा पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको थियो।

सबगढा क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, झडप तथा शान्ति सुरक्षा स्थितिमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्फ्यू लगाइएको प्रशासनले जनाएको थियो। स्थिति नियन्त्रणमा आएपछि दुवै पक्षबीच संवाद र सहमतिमार्फत अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको हो।