काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको बताएका छन्।
सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानलाई ट्र्याकमा ल्याउनको लागि चुनावको विकल्प नभएको भन्दै सफल बनाउन लागिरहेको बताए।
उनले भने, ‘चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ, ती संशयलाई चिर्दै समयमै निर्वाचन सम्पन्न गराउनेको लागि सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाएर संविधानलाई ट्र्याकमा ल्याउने प्रतिबद्धताबाट एक इन्चबाट पनि तलमाथि गर्दैनौँ।’
उनले भदौ २३ र २४ गतेको घटनालाई बिर्सिन नसक्ने भन्दै अब देशमा सरकारको गोलीबाट कोही युवाको ज्यान नजाने बताए। उनले कुनै मुकुटधारीले सिंहदरवार जलाउने प्रवृत्तिको अन्त्य गर्ने बताए।







