२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । संघीय राजधानी क्षेत्रको दीर्घकालीन व्यवस्थापन र पूर्वाधार विकासलाई लक्षित गर्दै नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका १५ उम्मेदवारले संयुक्त प्रतिबद्धतासहित “काठमाडौँ उपत्यका विकास प्रतिज्ञा पत्र : भिजन १०” सार्वजनिक गरेका छन्।

उपत्यकामा आयोजित कार्यक्रममा पार्टी महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका उम्मेदवारहरू भर्चुअल माध्यमबाट सहभागी भई प्रतिज्ञा पत्र सार्वजनिक गरिएको जनाइएको छ।

दस्तावेजमा उपत्यकाका तीन जिल्लालाई समग्र रूपमा एउटै महानगरीय क्षेत्रका रूपमा अवधारणागत विकास गर्ने नीति लिइएको उल्लेख छ। स्थानीय मौलिकता र भौगोलिक विशेषतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना कार्यान्वयन गरी राजधानी क्षेत्रलाई स्वच्छ, व्यवस्थित, आधुनिक तथा सुशासित सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

राजधानी क्षेत्रको वहन क्षमताअनुसार व्यवस्थापन गर्न वृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयनमा जोड दिइएको छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरण लाई थप सक्षम र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यातायात व्यवस्थापन सुधारका लागि एकीकृत सहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्ने, सार्वजनिक यातायात प्रणाली सुदृढ गर्दै मास ट्रान्जिट पूर्वाधार निर्माण गर्ने तथा पैदल यात्री र साइकलमैत्री संरचना विकास गर्ने लक्ष्य दस्तावेजमा समेटिएको छ।

पर्यावरणीय व्यवस्थापनअन्तर्गत प्रदूषण नियन्त्रणका साझा मापदण्ड तयार गर्ने, नदी संरक्षण तथा पुनर्जीवन कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक स्थल र सम्पदाको संरक्षणका लागि समन्वित योजना लागू गर्ने उल्लेख छ। साथै, खुला क्षेत्र, वन तथा पार्कको संरक्षणमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री, पहुँचयोग्य र गुणस्तरीय बनाउने, सहरी पूर्वाधार सुधार, भवन संहिता कार्यान्वयन, ढल व्यवस्थापन तथा पुनरुत्थान गुरुयोजना लागू गर्ने विषय पनि समेटिएका छन्। विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीसहित कमाण्ड सेन्टर स्थापना गर्ने योजना पनि प्रतिज्ञा पत्रमा समावेश गरिएको छ।

रोजगारी अभिवृद्धि, युवा लक्षित सीप तथा डिजिटल उद्यम प्रवर्द्धन, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उम्मेदवारहरूले जनाएका छन्। खानेपानी व्यवस्थापन सुधारका लागि आगामी पाँच दशकको जनसंख्या प्रक्षेपणलाई आधार मानेर दीर्घकालीन योजना बनाउने तथा भूमिगत जल पुनर्भरण कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ।

कार्यक्रममा महामन्त्री पौडेलले राजधानी क्षेत्रको प्रभावकारी व्यवस्थापन सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राख्दै साझा प्रतिबद्धता त्यसैको आधार भएको बताए।

प्रतिज्ञा पत्रमा काठमाडौँका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरू प्रबल थापा, कविर शर्मा, रमेश अर्याल, सचिन तिमिल्सना, प्रदीप पौडेल, कृष्णसबुज बानियाँ, प्रमोदहरि गुरागाईँ, सपना राजभण्डारी, नानू बास्तोला र हिमाल कार्कीको प्रतिबद्धता समावेश छ।

यसैगरी ललितपुर क्षेत्रका उम्मेदवार उदयशमशेर राणा, प्रेमकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ तथा भक्तपुरका उम्मेदवार किरण न्यौपाने र कबिर राणाले पनि संयुक्त रूपमा उक्त प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाएका छन्।