काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी ४ दिन बन्द हुने भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर फागुन १८ गते बिहान ७ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म नाका बन्द हुने जनाएको छ।








