काठमाडौँ । पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
आठौँ तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ । दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति भएको छ । विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ ।







