२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरामा ४९ प्रतिशत मात्रै मतदान

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ५० प्रतिशतभन्दा कम मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा डडेलधुरामा ४९.०८ प्रतिशत मतदान भएको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार ४५ हजार ९०९ जना मतदान प्रक्रियामा सहभागी भएका जनाएको छ । जुन कुल मतदाता संख्याको ४९.०८ प्रतिशत हो ।

डडेलधुरामा जम्मा मतदाताको संख्या ९३ हजार ४०३ रहेको छ । जसमध्ये २५ हजार ३१३ महिला र २० हजार ५९६ पुरुष मतदानमा सहभागी भएका छन् ।

डडेलधुरामा नेपाली काँग्रेसले नैनसिंह महर, नेकपा एमालेले चक्रप्रसाद रसाइली ‘स्नेही’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. तारा जोशीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन-२०७९ मा पूर्वप्रधानमन्त्री देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत ल्याउँदा नेपाली काँग्रेस बीपीका नेता कर्णबहादुर मल्ल ७ हजार ५३५ मत पाएर तेस्रो बनेका थिए ।

काँग्रेसका निवर्तमान सभापति देउवा २०४८ सादेखि डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । यसपल्ट पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वबाट बहिर्गमनमा परेपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।

देउवा बिहीबार सम्पन्न मतदान प्रक्रियामा पनि सहभागी भएनन् । उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताइएको छ । तर, उनको सचिवालयले सिंगापुर भ्रमणबारे औपचारिक जानकारी गराएको छैन ।