२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक मतगणना : सुर्खेत-१ मा काँग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो

अ+ अ-

कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली काँग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली काँग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको हो । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ । समानुपातिकतर्फ नेकपा एमालेले १६ हजार ९५२, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ र श्रम संस्कृति पार्टीले ९५२ मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ बनेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो । ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ सुर्खेतले जनाएको छ ।

.त्यसैगरी, एक निर्वाचन क्षेत्र भएको जुम्लामा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो भएको हो ।

त्यसैगरी, नेपाली काँग्रेसले नौ हजार ३६०, नेकपा एमालेले छ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैटौँ भएका हुन् । ७३ हजार ७३९ कुल मतदाता सङ्ख्या भएको जुम्लामा ४१ हजार ४५१ मत खसेको थियो । ४० हजार ११९ मत सदर हुँदा एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

त्यस्तै, एक निर्वाचन क्षेत्र भएको सल्यानमा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९(रास्वपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार समानुपातिकतर्फ रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरी पहिलो भएको हो । 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।

समानुपातिकतर्फ नेपाली काँग्रेसले १६ हजार ६९, नेकपा एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिए। एक लाख ६२ हजार ५४५ कुल मतदाता रहेको उक्त क्षेत्रमा ८३ हजार ८२५ मत खसेको थियो । ८० हजार ७९० मत सदर हुँदा तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।