काठमाडौँ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता मध्यपूर्वबाट करिब २० हजार नागरिकलाई स्वदेश फर्काइएको फ्रान्स सरकारका प्रवक्ता माउड ब्रेजनले बुधबार जानकारी दिएका छन् ।
इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच युद्ध सुरु हुँदा लगभग चार लाख फ्रान्सेली नागरिकहरू खाडी र मध्य पूर्वका देशहरूमा बसिरहेका थिए वा भ्रमण गरिरहेका थिए ।
सरकारको पहलमा ‘चार्टर्ड’ उडानमार्फत करिब २० हजार नागरिकहरूको फिर्ता भएकमो र थप १७,००० मध्य पूर्व र फ्रान्सबीचको व्यावसायिक सामुद्रिक मार्गहरू भएर फर्किएका ब्रेजनले क्याबिनेट बैठकपछि पत्रकारहरूलाई बताए ।
“बुधबारसम्म २० हजार भन्दा बढी मानिसहरू फ्रान्सेली भूमिमा फर्किएका छन्,” उनले थपे।
फ्रान्सका विदेशमन्त्रीले साताको अन्त्यसम्ममा थप नौ वटा चार्टर्ड उडान गर्ने बताएका छन् ।
“यस हप्ता मध्य पूर्वबाट प्रस्थान गर्ने व्यावसायिक उडानहरूमा थप ३० हजारसीटहरू फ्रान्स फर्कन चाहने फ्रान्सेली नागरिकहरूको लागि उपलब्ध हुनेछन्,” विदेशमन्त्री जोएल–नोएल बारोटले प्रसारक फ्रान्स २ सँग भने ।







