२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

अ+ अ-

ललितपुर । महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ ।

लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो भएका छन् । यस्तै, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो भएका छन् ।

आज बिहान छ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रममा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो । दश किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो भए ।

हाफ म्याराथनका विजेतालाई क्रमश रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताए ।

त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई रु ३१ हजार, रु २१ हजार र रु ११ हजार नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए ।

अध्यक्ष जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ ।