२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक महत्वको लुङबुक गुफा

अ+ अ-

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो-लुङबुक गुफा ।

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूरै स्वरूप परिवर्तन हुन्छ । अक्सर यो लुङबुक गुफा बर्सेनि मङ्सिरदेखि चैत महिनासम्म हिउँको घुम्टोभित्र लुकेको हुन्छ । अझै भनौँ पुस र माघमा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँले ढाकिदिएको हुन्छ ।

ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिएको लुङबुक गुफालाई पुस र माघमा विशाल पहाडको उचाइबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाकिएको हुन्छ । तर, जाडोयाममा यहाँ खासै कोही नजाने हुनाले गुफाको वास्तविक स्वरूप र हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटक बेखबरजस्तै हुने गर्छन् ।

लुङबुक गुफा पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थलका रूपमा लिने गरिन्छ । गुरु पद्मसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। उनले पद्मसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिकस्थलका रूपमा लिने गरेको बताए।

हिउँदयाममा पूरै हिउँको घुम्टोभित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ । बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य नियाल्न पर्यटक त्यहाँ पुग्ने गरेका पाइएको छ । लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाइल राख्न फोटो खिच्ने उद्देश्यले पनि हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा बिस्तारै पग्लिएर सामान्य स्वरूपमा रहने वडाध्यक्ष गुरुङको भनाइ छ । लुङबुक गुफाभित्र सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुस्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन । हिउँको बरफ पग्लिने समय चैत–वैशाखदेखि कात्तिकसम्म गुफा प्रवेश गर्न सकिन्छ ।

स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र हिउँले ढाकिएको गुफाको प्राकृतिक सौन्दयैताले मोहित तुल्याएको बताए । बुद्ध धर्म र पद्मसम्भवसँग जोडिएको हुनाले गुफाको धार्मिक महत्त्व अधिक रहेको र यसको प्रचारप्रसार गर्नसके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताए । लुङबुक गुफालाई बुद्ध धर्मअन्तर्गत निङमापा धर्म सम्प्रदायसँग जोडिएको बताइन्छ । गुफामा पुगेर धार्मिक अनुष्ठान गरेमा मोक्ष प्राप्ति हुने भएकाले स्थानीय नागरिकमा ठूलो आस्था र विश्वास छ ।

 गुफाभित्र आश्चार्यचकित लाग्ने प्राकृतिक रूपले निर्मित धार्मिक सम्पदा जीवन्त छ । गुफाभित्र पद्मसम्भवका ससाना प्रतिमा देख्न सकिन्छ । सन्तान नभएकाले सन्तान प्राप्तिका लागि गुफाभित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास छ ।

जोमसोमका स्थानीय पवन गुरुङले लुङबुक गुफा एकपटक दर्शन गर्नैपर्ने धार्मिक गन्तव्य रहेको बताए। सेताम्मे हिउँले ढाकिएको गुफामा पुग्दा गौरवान्वित महसुस भएको गुरुङले उल्लेख गरे। जोमसोम–कोरला मुख्य राजमार्गदेखि २० मिनेटको सवारीसाधनको यात्रा र ४५ मिनेटको पैदलयात्रापछि लुङबुक गुफा पुग्न सकिन्छ । गुफाको रेखदेख तथा संरक्षणका साथै गुफामा पुग्ने भक्तजनलाई पकाएर खाने र बस्नेसमेत व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेको छ । गुफासम्म पुग्ने गोरेटो बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको छ ।