२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा सेनाको खोज-उद्धार जारी, आठ हजार नौ सयभन्दा बढी फौज परिचालित

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा आठ हजार नौ सयभन्दा बढी फौज परिचालन गरी खोज–उद्धार, टनेल खोजी, स्वास्थ्य सेवा, राहत ढुवानी, शव व्यवस्थापन तथा सडक खुलाउने कामलाई निरन्तरता दिएको छ।

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। सेनाले सार्वजनिक गरेको भदौ २८ गते साँझ ६:३० बजेसम्मको विवरणअनुसार हवाई साधनमार्फत चार हजार १५७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ८७४ जना स्वदेशी र २८३ जना विदेशी नागरिक छन्।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी उद्धारकर्मीसमेत सम्मिलित संयुक्त टोलीले खोजी गरिरहेको सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनाको टनेलभित्र विदेशीसमेत सम्मिलित संयुक्त टोलीले ड्रोन प्रयोग गरी खोजी गरेको छ। उक्त खोजीका क्रममा केही फेला नपरेको सेनाले जनाएको छ।

चिलिमे जलविद्युत् आयोजनामा एक एक्स्काभेटर र एक लोडर प्रयोग गरी टनेलभित्र थुप्रिएको डेब्रिज हटाउने काम भइरहेको छ। हालसम्म करिब ८५ मिटर डेब्रिज हटाइएको छ। टनेल नजिक खोला वारपार गर्न तुइन जडान गर्ने कामसमेत भइरहेको छ।

माथिल्लो त्रिशूली-१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिले खोजी गरिरहेका छन्। त्रिशूली-३ ‘ए’को पावरहाउस तथा टनेल क्षेत्रमा पनि संयुक्त टोली परिचालित छ।

त्रिशूली-३ ‘बी’मा तीन एक्स्काभेटर परिचालन
त्रिशूली-३ ‘बी’मा नेपाली सेनासहितको संयुक्त टोलीले तीन एक्स्काभेटर र एक ब्याकहो लोडर प्रयोग गरी उत्खनन गरिरहेको छ।

टोली आयोजनाको आवासगृह रहेको गहिराइसम्म पुगेर खोजीमा जुटेको सेनाले जनाएको छ। यसअघि पनि उक्त आयोजनास्थलमा तीन ठूला एक्स्काभेटर र एउटा ब्याकहो लोडर पुर्‍याएर लेदो, ढुंगा र माटो हटाउँदै खोजी तीव्र पारिएको थियो।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत प्रभावित क्षेत्रमा सैनिक टोलीले पैदल गस्ती गरी खोजी गरिरहेको छ।

स्याफ्रुबेंसी क्षेत्रमा तीन समूह परिचालन गरी खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार नौ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्।

सैनिक टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारसम्बन्धी काम गरिरहेको छ।

तीन हजार ७८४ जनालाई स्वास्थ्य सेवा
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट भदौ २८ गते ५२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म सेवा लिनेको संख्या तीन हजार ७८४ पुगेको छ।

बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतलबजारमा सडक खुलाउने प्रयास भइरहेको छ। भित्तातर्फको कडा चट्टान फुटाउन ब्लास्टिङको काम जारी रहेको सेनाले जनाएको छ।

स्थानीय तहसँगको समन्वयमा धादिङको मलेखुमा प्रभावितका लागि अस्थायी आवास निर्माण गरिएको छ। रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा त्रिशूली नदी पार गर्न अस्थायी संरचना निर्माणका लागि पनि सेनाले सहकार्य गरिरहेको जनाएको छ।

0 Comments