२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करणले अविजित ७२ रन बनाएपछि आर्मीसँग पुलिसको स्कोर बराबर

अ+ अ-

काठमाडौँ । करण केसी र ललित राजवंशीले नवौँ विकेटमा ६२ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप फाइनलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबसँगको स्कोर बराबरी बनाएको छ ।

करणले अविजित ७२ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन पुलिस बुधबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा पुलिस ६१.४ ओभर खेली २ सय २१ रनमा अलआउट भयो । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो ।

करणले सागर ढकालसँग दसौँ विकेटमा २४ रनको साझेदारी गरेका थिए । आकाश चन्दले अन्तिम ब्याटर सागरलाई शून्यमा आउट गरी पुलिसको इनिङ्सलाई टुङ्ग्याएका थिए । करणले १ सय ९ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । आर्मीले ६० ओभरमा नयाँ बल लिएपछि करणले पहिलो बलमै सोमपाल कामीलाई छक्का प्रहार गरेका थिए ।

सोमपालले ५ विकेट लिए । उनले १७ ओभरमा ३ मेडन राख्दै ७२ रन खर्चे । आकाशले २ तथा शाहब आलम, पवन कार्की र नरेन साउदले १-१ विकेट लिए ।

यसअघि पुलिसले ४१-३ बाट दिनको खेल प्रारम्भ गरेको थियो । अघिल्लो दिनका अविजित ब्याटर दिनेश खरेल व्यक्तिगत ६ रन जोडी १७ रनमा आउट भए । उनले ५६ बल खेली २ चौका प्रहार गरे । रशिद खानले १५ रन बनाए । उनले ४४ बल खेलि २ चौका प्रहार गरे । दुवैलाई सोमपाल कामीले आउट गरे ।

कप्तान आरिफ शेख र शंकर रानाले छैटौँ विकेटमा ३३ रनको साझेदारी गरे । शंकरले २२ बल खेली ३ चौका प्रहार गर्दै १५ रन बनाए । गुलशन झाले १० बल खेली ४ रनमात्र जोड्न सके । आरिफ ४४ रनमा आउट भए । नरेन साउदको बलमा विकेटकिपर एवं कप्तान विनोद भण्डारीबाट क्याच हुनु पूर्व उनले ७० बल खेली ६ चौका प्रहार गरे ।