२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने

अ+ अ-

काठमाडौँ । बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ।

सन्दीपलाई रेड लायन्सले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो। यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, सोएब मल्लिकलाई भित्र्याइसकेको छ।

यसअघि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको थियो।

जेबी ब्रुजेज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।

जेबीका अनुसार यो टोलीमा नेपाली खेलाडीलाई आबद्ध गरिएको छ। नेपाली खेलाडीको घोषणा केही दिनमै गरिनेछ। अब थप एक विदेशी खेलाडीको घोषणा गरेपछि नेपाली खेलाडीको पनि घोषणा हुनेछ। नेपाली खेलाडी राष्ट्रिय टोलीमा रहेका र हालै टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्।

इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ।

नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्ट्सले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ।

एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख सहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्।

सहभागी टोलीमा जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स छन्। यता आन्थ्रोपको स्वामित्व भारतका पूर्व राष्ट्रिय खेलाडी जाहिर खानले लिएका छन्।

प्रत्येक टिममा १८ खेलाडी हुनेछन्। जसमा कम्तीमा ४ खेलाडी बेल्जियन (सुरुवाती-१ कम्तीमा २ जना अनिवार्य), ४ खेलाडी एसोसिएट टोलीका, ४ खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना ‘भेट्रान’ (अनुभवी पूर्ण सदस्य राष्ट्रका खेलाडी, जसले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्) हुने बताइएको छ।

इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर छन्।अन्तर्राष्ट्रियस्तरका इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्ससहित श्रीलंकाका एन्जेलो म्याथ्यूज र वानिन्दु हसरंगा जस्ता खेलाडी लिग खेल्ने बताइएको छ।

लिगका लागि ड्राफ्टबाट पनि खेलाडी छनोट गरिनेछ। ड्राफ्ट २४ मार्चमा हुनेछ। ब्रसेल्समा हुने ड्राफ्टबाट सबै टिमले खेलाडी कोटा पूरा गर्नेछन्। ड्राफ्टअघि टिमहरूले केही खेलाडी भित्र्याएका हुन्।

ड्राफ्टमा नेपालका १५ बढी खेलाडी दर्ता भएको बताइएको छ।