२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा फोहोर व्यवस्थापन सुधारको दाबी, दीर्घकालीन परियोजना अघि बढाइने

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय देखिएको फोहोर व्यवस्थापन चुनौती समाधानको दिशामा रहेको दाबी गरेका छन्।

विमानस्थल सञ्चालन र हालैका घटनाक्रमका कारण फोहोर संकलन तथा विसर्जनमा केही कठिनाइ उत्पन्न भए पनि महानगरले तत्कालीन तथा दीर्घकालीन दुवै उपाय समानान्तर रूपमा कार्यान्वयन गरिरहेको उनको भनाइ छ। लामो समय फोहोर उठ्न नसक्दा आलोचना भएको प्रसङ्ग उल्लेख गर्दै उनले अस्थायी विसर्जन स्थल अपेक्षित समयअगावै भरिँदा व्यवस्थापन प्रभावित भएको स्पष्ट पारे।

उनका अनुसार चुनावको समयमा उपयुक्त स्थान पहिचान र व्यवस्थापन चुनौतीपूर्ण भए पनि गत फागुन ३० गतेदेखि नयाँ अस्थायी विसर्जन केन्द्र सञ्चालनमा ल्याएर फोहोर संकलन पुनः सुरु गरिएको छ। सो व्यवस्थापछि क्रमशः फोहोर व्यवस्थापन पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ अवधारणा अघि बढाएको छ। दैनिक करिब २२५ टन फोहोर उत्पादन हुने तथ्याङ्क उल्लेख गर्दै उक्त फोहोरबाट साढे ७ मेगावाटसम्म विद्युत् उत्पादन सम्भव रहेको आकलन गरिएको छ।

यसका लागि युरोपेली प्रविधिमा आधारित प्रणालीमार्फत एलपी ग्यास, कम्पोस्ट मल तथा निर्माण सामग्री उत्पादन गर्ने योजना अगाडि सारिएको छ। उक्त परियोजना सञ्चालनका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) समूहलाई गत मंसिर ९ गते ठेक्का प्रदान गरिएको जनाइएको छ।

यसअघि एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएको सेनेटरी ल्यान्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि चराको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो। त्यसपछि सन् २०२३ जनवरी १ बाट पोखरा-३२ स्थित लामेआहालमा अस्थायी रूपमा फोहोर व्यवस्थापन हुँदै आएको छ।

महानगर प्रमुख आचार्यले फोहोर व्यवस्थापन विषयलाई राजनीतिक विषय नबनाउन आग्रह गर्दै प्राविधिक समाधानमार्फत दीर्घकालीन व्यवस्थापन सुनिश्चित गरिने बताए। उनले हाल सञ्चालनमा रहेको विसर्जन स्थलमा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी व्यवस्थापन गरिएको दाबी गर्दै पोखरालाई स्वच्छ शहरका रूपमा कायम राख्न निरन्तर प्रयास भइरहेको उल्लेख गरे।