२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५औं महाधिवेशनमा सहभागी भएर नयाँ पुस्तालाई पार्टी सुम्पिन नेता बडूको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

उनले नेता–कार्यकर्ताहरूलाई महाधिवेशनमा सहभागी भई पार्टीलाई नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् ।

उनले सोमबार फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

बडूले विज्ञप्तिमा भनेका छन्, ‘‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र जिम्मेवार प्रतिपक्ष भई लोकतन्त्रको मार्गमा नयाँ पुस्तालाई हिँडाउन आवश्यकता रहेको अवस्थामा नेपाली कांग्रेस थप बलियो, थप जिम्मेवार र एकजुट हुनुपर्ने अझ आवश्यक छ ।’

समयले सर्वोच्च अदालतको व्याख्या र आदेश जे–जस्तो आए पनि सबैलाई मान्य हुने नेता बडूले उल्लेख गरेका छन् ।

त्यसको प्रतीक्षामा बसेर निर्वाचनको कारण र पृष्ठभुमि खोतलेर अथवा विशेष अधिवेशन हुँदा र नहुँदाको अवस्थाको सम्भावित परिणामबारे काल्पनिक व्याख्याजस्ता विषयहरूमा अल्मलिएर समय खेर नफाल्न उनले सुझाव दिएका छन् ।

पार्टीको संगठन भित्रका आन्तरिक कमजोरीसँगै मतदाताको परिवर्तनको उर्लदो चाहनाको अनियन्त्रित सुनामीसमेतका कारण निर्वाचन परिणाम अपेक्षाअनुरुप हुन नसकेन र निर्वाचन परिणाम ऐतिहासिक रूपमा नै कमजोर रहेको बडूको भनाइ छ ।