२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित विषय उठेपछि सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच तीव्र मतभेद देखिएको छ।

एमाले सांसदहरूले ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति असहमति जनाउँदै उनीहरूको रिहाइका लागि निरन्तर माग राख्दै आएका छन्। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जेन जेड आन्दोलनका क्रममा भएको दमनका विषयमा दोषीमाथि कारवाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

बुधबारको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले उक्त आन्दोलनलाई न्याय, समानता र अधिकारसँग जोडिएको विषयका रूपमा उल्लेख गर्दै आन्दोलनका पीडित र प्रभावितलाई न्याय दिनुपर्ने आवश्यकता औँल्याए। उनले आन्दोलनका घाइतेको रोजगारी सुनिश्चितता र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

यही क्रममा उनले पूर्वप्रधानमन्त्री ओलीबारे प्रयोग गरेको केही अभिव्यक्तिप्रति एमाले पक्षले आपत्ति जनाएको छ। एमाले सांसद साजिदा खातुन सिद्धिकीले उक्त अभिव्यक्तिलाई असंसदीय भन्दै रेकर्डबाट हटाउन माग गरिन्। साथै उनले ओली र लेखकको रिहाइका लागि पुनः आग्रहसमेत गरिन्।