२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फो-क्सुण्डो क्षेत्रमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा उल्लेखनीय संख्यामा पर्यटक आगमन भएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार उक्त अवधिमा करिब पाँच हजार पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन्।

निकुञ्जको तथ्यांक अनुसार ४ हजार ३६२ जना आन्तरिक पर्यटक, ५५ जना सार्क राष्ट्रका आगन्तुक तथा ४६५ जना अन्य विदेशी गरी कुल ४ हजार ८८२ जना पर्यटकले फोक्सुण्डो क्षेत्र अवलोकन गरेका छन्।

उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्रै १९ लाख १३ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ। हाल लागू दरअनुसार नेपाली पर्यटकबाट प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट १ हजार ५०० रुपैयाँ तथा अन्य विदेशी पर्यटकबाट ३ हजार रुपैयाँ शुल्क लिने व्यवस्था छ।

पछिल्लो समय यातायात पहुँचमा आएको सुधार र प्रचार–प्रसारको विस्तारका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्।

निकुञ्ज क्षेत्रमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालिरहेको छ। सेनाको सङ्ग्राम शार्दुल गुल्मका गुल्मपति हरिश शाहीका अनुसार फोक्सुण्डोसम्म पुग्ने पहुँच अझ सहज बनाउन सके पर्यटक संख्या थप वृद्धि हुनसक्ने सम्भावना रहेको छ।

प्राकृतिक सौन्दर्य, विशिष्ट भौगोलिक संरचना तथा आसपासका दृश्यावलोकनका कारण फोक्सुण्डो क्षेत्र देश/विदेशका पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। पूर्वाधार विस्तार र व्यवस्थापनमा थप सुधार गर्न सके पर्यटन प्रवर्द्धनमा यस क्षेत्रको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।